बैतडीका एक जनाको भारतमा मृत्यु

२७ भदौ २०८० संवाददाता 83


 
बैतडी- बैतडीका सुरेन्द्र साउँदको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँड घर भएका अन्दाजी २८ वर्षीय सुरेन्द्र साउँदको मंगलवार निधन भएको उनका आफन्तसमेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताउनुभयो ।
 
गएको चार÷पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउँदको हृदयघातका कारण निधन भएको चाडले बताउनुभयो । परिवारसहित दिल्लीमा बस्दै आएका साउँदको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ । 
 
मंगलवार एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक साउँदका एक छोरी र श्रीमती रहेका छन् । उनीहरु पनि दिल्लीमै रहेको बताइएको छ । 
 



जवाफ छाड्नुस्