डडेल्धुराको अमरगढीमा आज सार्वजनिक बिदा
२७ भदौ २०८०
संवाददाता
64
डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकाले बुधवार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज सार्वजनिक बिदा दिएको जनाएको हो ।
अमरगढी–१ का वडा सचिव खगेन्द्रप्रसाद पन्तको २५ गते राति सवारी दुर्घटनामा परी निधन भएको थियो । उनको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।