एक करोड भारु चोरेर आइरहेका ९ नेपाली पक्राउ

२८ भदौ २०८० संवाददाता 94
 


 
बैतडी– भारतमा एक करोड भारु चोरी गरेर नेपाल आउन लागेका ९ जना नेपाली पक्राउ परेका छन् ।
 
कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको लखिमपुर जिल्लाको सम्पूर्णानगरबाट ९ जना चोरीको रकमसहित समातिएका बताइएको छ । उनीहरु सोमवार राति दिल्लीमा चोरी गरेर नेपाल फर्कदै गर्दा मंगलवार राति पक्राउ परेका हुन् ।
 
पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन । भारतीय प्रहरीले पक्राउ गरेकाले उनीहरू बारे विस्तृत विवरण नेपाल प्रहरी र सशस्त्रलाई समेत उपलब्ध गराइएको छैन। सम्र्णानगर क्षेत्रबाट ९ जना नेपाली पक्राउ परेका तर विस्तृत विवरण प्राप्त नभएको सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताउनुभयो ।
 
पक्राउ पर्नेमा बझाङ बाजुरा र अछाम जिल्लाका व्यक्ति रहेको भन्ने सुन्नमा आएको तर आधिकारिक पुष्टि भने नभएको डिआइजी न्यौपानेले बताउनुभयो ।
 



जवाफ छाड्नुस्