बैतडीको मेलौलीमा भोलि विपदसम्बन्धि देउडा प्रतियोगिता हुँदै

२९ भदौ २०८० संवाददाता 184



बैतडी– बैतडीको मेलौलीमा भोलि देउडा प्रतियोगिता हुने भएको छ ।
 
मेलौली नगरपालिकास्थित मणिलेक माविमा भाद्र ३० गते शनिबार विपद जोखिम न्युनिकरण सम्बन्धि देउडा प्रतियोगिता हुने नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखाकि फिल्ड कोर्डिनेटर कमला राईले बताउनुभयो । 
 
मेलौली नगरपालिका र नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखा अन्तरगत सञ्चालित सुरक्षित नेपाल परियोजनाको संयुक्त आयोजनामा विपद जोखिम न्युनिकरण सम्बन्धि तिज विशेष कार्यक्रम हुने उहाँले बताउनुभयो । 
 
नगरपालिकाका सबै वडाबाट महिला पुरुष गरि ६ जनाको समुहमा प्रतियोगिता गराइने उहाँले बताउनुभयो । 
 
जसमा प्रथमलाई १० हजार, द्धित्तिय ८ हजार, त्तित्रिय ६ हजार र सान्त्वना ४ हजार नगद पुरुस्कारसहित प्रमाणपत्र दिइने बताइएको छ । 
 
 



जवाफ छाड्नुस्