बैतडीको मेलौलीमा विपद सम्बन्धि देउडा प्रतियोगिता सम्पन्न
३० भदौ २०८०
कविराज सुनार
261
बैतडी– बैतडीको मेलौलीमा देउडा प्रतियोगिता सम्पन्न भएको छ ।
मेलौली नगरपालिका वडा नम्बर ७स्थित मणिलेक माविमा शनिबार विपद जोखिम न्युनिकरण सम्बन्धि देउडा प्रतियोगिता सम्पन्न भएको हो ।
मेलौली नगरपालिका र नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखा अन्तरगत सञ्चालित सुरक्षित नेपाल परियोजनाको संयुक्त आयोजनामा विपद जोखिम न्युनिकरण सम्बन्धि तिज विशेष कार्यक्रम सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखा मन्त्री रमेश भण्डारीले बताउनुभयो ।
मेलौली नगरपालिकाका नगरप्रमुख भिमबहादुर चन्द (भुकम्प) को अध्यक्षतामा सम्पन्न भएको उक्त देउडा प्रतियोगिताका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखाका सभापति विष्णुदत्त अवस्थी रहनुभएको थियो ।
सो प्रतियोगितामा नगरपालिकाका १० वटा समुहको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा नगरपालिकाका सबै वडाबाट महिला पुरुष गरि ६ जनाको समुह र जुनियर रेडक्रस सर्कल मणिलेक माविको समुह प्रतियोगितामा सहभागि भएको भण्डारीले बताउनुभयो ।
सो देउडा प्रतियोगितमा मेलौली नगरपालिका–०९ विशालपुरको समुह प्रथम भएको छ।
यस्तै मेलौली नगरपालिका–०६ दित्तीय, वडा नम्बर ३ तृत्तीय भएको छ भने बाँकि सबै टिम सान्त्वना स्थानमा आएको उहाँले बताउनुभयो ।
यस्तै प्रथमलाई ९६००, द्धित्तियलाई ९१५०, त्तित्रियलाई ८२५० र सान्त्वनालाई ६००० पुरुस्कारसहित प्रमाणपत्र प्रदान गरिएको मन्त्री भण्डारीले बताउनुभयो ।
विपद जोखिम न्युनिकरण गर्न जनचेतना दिन तथा स्थानीयस्तरको कला संस्कृतिको जगेर्ना गर्नका लागि सो देउडा प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको मेलौली नगरपालिकाका नगरप्रमुख भिमबहादुर चन्द (भुकम्प) बताउनुभयो ।
विपदबाट जोगिन स्थानीयस्तरकै भाषा, कला, संस्कृति मार्फत जनचेतना दिइएको उहाँले भनाई थियो ।