बैतडीमा जिप र मोटरसाइकल ठोक्किए
३० भदौ २०८०
संवाददाता
417
बैतडी– बैतडीमा जिप र मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका–८ ज्यापु भन्ने स्थानमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् ।
बझाङबाट धनगढी आउँदै गरेको से १ ज ९७९ नम्बरको जिप र धनगढीबाट बझाङतर्फ गइरहेको से ७ प ६२८५नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।
सो दुर्घटनामा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–५ का मदन बिष्ट घाइते भएका छन् । उनको डडेल्धुरामा उपचार हुन नसकेपछि डडेल्धुरा अस्पतालले धनगढी रेफर गरेको छ ।
बिष्टको बाँया खुट्टा र बाँया हातमा चोट लागेको छ। जिप चालक बझाङ्गको बुंगल नगरपालिका–८ का रमेश बोहरा र जिपलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।