बैतडीको मेलौलीमा एक पुरुष मृत फेला
३० भदौ २०८०
संवाददाता
270
बैतडी– बैतडीको मेलौलीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
मेलौली नगरपालिका वडा नम्बर ७ काँडा बस्ने ६२ वर्षीय खडक सिंह भाट मृत फेला परेको ईलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ ।
प्रहरीका अनुसार भाट शनिबार बिहान ७ बजेको समयमा मृत फेला परेका हुन् । भाटलाई रुखमा झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।
उनी आफ्नै घर नजिकै भिमलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी एकल पुरुष रहेको बताइएको छ । पोष्टमार्टमपछि उनको शव आफन्तलाई बुझाइएको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।