धनगढीका २ होटलमा प्रहरीको छापा, दुई जोडी समातिए
३१ भदौ २०८०
संवाददाता
244
धनगढी– धनगढीको २ होटेलमा प्रहरीले छापा हानेको छ । धनगढीको चौराहस्थित जोगबुढा होटल र चटकपुरको जोगबुढा होटलमा प्रहरीले छापा हानेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले छापा हानेको हो।
छापा हान्दा २ होटलबाटै यौनजन्य क्रियाकलाप गर्ने÷गराउने साहुनीहरुसहित एक/एक जोडीलाई समातिएको वडा प्रहरीका प्रमुख इन्सपेक्टर जनक ढुङ्गानाले बताउनुभयो ।
उहाँका अनुसार चौराहको होटलकी साहुनी इन्द्रा खड्का र चटकपुरकी साहुनी चन्द्रा देउवासहित एक/एक जोडीलाई समातिएको हो ।
अहिले उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको छ ।