अछाममा चट्याङ परेर दुई पशुचौपाया मरे

०२ आश्विन २०८० संवाददाता 22


 
अछाम– अछाममा चट्याङ परेर दुई पशुचौपाया मरेका छन् ।
 
मंगलबार जिल्लाको रामारोसन गाउँपालिका–२ मा चट्याङ परेर दुई पशुचौपाया मरेका हुन् । चट्याङ पर्दा गाठभित्र रहेका दुई पशुचौपाया मरेको प्रहरीले जनाएको छ ।
 
प्रहरी चौकी शान्तडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको हो ।

चट्याङबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
 



जवाफ छाड्नुस्