यस्ता छन् एकै खेलमा नेपाली क्रिकेटले बनाएका पाँच विश्व रेकर्ड
१० आश्विन २०८०
नरी बडु
702
.jpg)
बैतडी- चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलिया बिरुद्धको पहिलो खेलमा पाँच वटा विश्व रेकर्ड कायम गर्न सफल भएको छ ।
नेपालका अलराउण्डर कुसल मल्ल र दिपेन्द्र ऐरीले समेत क्रिकेटमा व्यक्तिगत किर्तिमानी स्कोर बनाएका हुन् ।
यी हुन् पाँच विश्व किर्तिमान !

१- विश्व क्रिकेटमा सबैभन्दा छिटो सतक पुरा गर्ने - नेपालका ब्याटर कुसल मल्ल (३४ बलमा १ सय १ रन)
२- विश्व क्रिकेटमा सबैभन्दा छिटो अर्धसतक पुरा गर्ने - नेपालका ब्याटर दिपेन्द्र सिंह ऐरी (९ बलमा ५० रन)
३- विश्व क्रिकेटको अहिलेसम्मकै उच्च स्कोर - नेपालको (२० ओभरमा ३ सय १४ रन)
४- विश्व क्रिकेटमा सबैभन्दा ठुलो जीत - नेपालको (२ सय ७३ रनले विजयी)
५- टि–२० क्रिकेटमा सबैभन्दा बढी छक्का - नेपाली टीमको (२६ छक्का)
नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको ३१४ रनलाई पछ्याउने क्रममा मंगोलिया १३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ४१ रनमा समेटिएपछि यो जीत नेपालको हातमा गएको छ ।
टी-२० प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनाएको थियो ।
टी-२० आईमा कुशल मल्लको विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकको मद्दतमा नेपालले कीर्तिमानी स्कोर बनाएको हो ।
यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएका थिए ।
हाङझाउमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो । नेपालक लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे ।
कुशलले ३४ बलमै शतक पूरा गर्दै कीर्तिमान बनाएका हुन् । दीपेन्द्र सिंह ऐरीले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।
यस्तै कप्तान रोहित पौडेलले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । ७ दशमलब २ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशलले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भएका थिए ।