भारतबाट घर फर्किरहेका एक युवक बैतडीको झुलाघाटस्थित होटलमा मृत फेला

१५ आश्विन २०८० संवाददाता 610


बैतडी– बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका  वडा नम्बर ८ स्थित नेपाल–भारत सीमामा पर्ने  झुलाघाट  बजारको बोहरा  होटेलभित्र ३३ वर्षिय युवक मृत फेला  परेका हुन् ।
 
मृत फेला पर्नेमा बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ बुडखोरिका  हिक्मत धामी रेहको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।
 
भारतको अलमोडबाट  काम गरेर घर फर्किएका धामी राति बोहरा होटेलमा बास बसेको बताइएको छ । 
 
बास बसेका युवक राति साढे २ बजेको समयमा होटेलको माथिल्लो तलाको कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रवक्ता खत्रीले बताए ।
 
मृत्युको  कारण खुलेको  छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको  छ ।



जवाफ छाड्नुस्