चेनिस मेसिनको बिगबिगीले रित्तिदै बैतडीका वन, बेखबर छन् स्थानिय सरकार

२० कार्तिक २०८० मोहन चन्द 596

बैतडी- प्रविधिको प्रयोग संगै परम्परागत काठ चिर्ने हातेआरो मेसिन हराएका छन् । अहिले जिल्लामा चेनसि (डिजेलबाट चल्ने हाते आरो मेसिन) प्रयोग भईरहेका छन । यस मेसिनको प्रयोगबाट बैतडीका वन सखाप पारिदै छन् ।
 
डिजेलबाट चल्ने यो चेनीस (डिजेलबाट चल्ने हाते आरो मेसिन) छिटो छरितो रुख काटेर चिरान गर्न सजिलो हुने गर्दछ । त्यसैले अहिले यस्तो मेसिनको प्रयोग गरि जिल्ला भित्र रहेका निजी र सामुदायिक वनका रुख तिब्र कटानी भइरहेका छन् । 
 
यसरी अनावस्यक रुपमा रुख कटानी र चिरानी हुँदा स्थानियतह भने बेखबर रहेका छन् । यसरी प्रयोग भइरहेका अधिकांस बाहेक सबै चेनसि मेसिन दर्ता नगरेरनै संचालन भइरहेका छन् । 
 
जिल्लाभित्र सयौँको संख्यामा चेनसि मेसिन भित्रीएका भएपनि डिभिजन वन कार्यालय बैतडीमा भने ११ मेसीन (डिजेलबाट चल्ने हाते आरो मेसिन) मात्र दर्ता भएको कार्यालयको तथ्यांकमा छ । 
 
विना दर्ता गरि घरघरमा ल्याएका चेनीस मेसिन र स्थायियतहको उदासिन्ताका कारण अहिले तिब्ररुपमा बन फडानी भइरहेको पञ्चेश्वरका स्थानिय एवम् बुद्धिजिवी राकेस चन्दले बताउनु भयो । उनले भन्नु भर्यो ‘यसरी विनादर्ताका हातेआरा मसिनलाई दर्ताको प्रक्रियामा ल्याएर स्थानियतहले निगरानी गर्नु पर्ने देखिन्छ तर स्थानीयतह भने बन सम्बन्धि चासोनै नदिने गर्दछन्’ ।
 
परमपरागत आरोमेसिन धेरै समय लगाउने हुँदा रुख चिरानी गर्दा मान्छे समात्न सजिलो हुने गर्दथ्यो भने अहिलेको चेनीस मेसिन समय थोरै लगाउने र ठुलो आवाज निकाल्ने हुँदा अबैध चिरानी कटानी गर्नेलाई समात्न सकिन्छ तर स्थानियतह र वन समितिले चासो नदिएको पाईन्छ । 
 
यसरी अबैधरुपमा संचालन गरेको चेनीस मेसिन लाई स्थानीयतह र सामुदायिक वन समितिलाई सक्रिय गरेर अनुगमन गरी वन फडानी रोक्ने डिभिजन वन कार्यालय बैतडीका निमित्त प्रमुख दिलिप कुमार यादवले बताउनुभयो ।
 



जवाफ छाड्नुस्