भन्सार छलीको सामान भन्दै प्रहरी समात्ने, भन्सार कार्यालय छोडने
२३ कार्तिक २०८०
मोहन चन्द
430

बैतडी : बैतडीमा भन्सार छलीका सामान नेपाल प्रहरी र शसस्त्र प्रहरीको सयुक्त टोलीले बरामद गरि भन्सार कार्यालय झुलाघाटलाई बुझाएको थियो । भन्सार कार्यालयले भने भन्सार छली गरेको समान सम्बन्धित धनीलाई फिर्ता गरिदिएको छ ।
गोकुलेश्वरको कुसल सप्लायर्सले ट्रक र जीपमा लग्दै गरेको ८ लाख ९७ हजार ७५० मूल्य बराबरको रेडीमेट कपडा र थान कपडा भन्सार छली गरि ल्याइएको भेटिएपछि सयुक्त टोलीले समातेको हो ।
दुईटा गाडी प्रहरी र शशस्त्र प्रहरीले एक एक समान गरि चेकजाँच गर्दा अधा समानको भन्सार नकाटेरै लगिरहेको पाइएपछि भन्सार नकाटेको समानलाई महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताउनु भयो ।
गाडीसहित समातेको समानलाई प्रहरीले भने बेवारिस भनेर मुचुल्का वनाई भन्सारलाई पठाएको थियो । गाडीचालक सहित समातेको समानलाई बेवारिस भन्न मिल्दैन् ।
उता भन्सार कार्यालय प्रमुख अनील झाले भने प्रहरीले फिर्ता गरेको सामाना सम्बन्धित सप्लायर्सलाई नै फिर्ता गरिदिएको छ । भन्सार ऐनको दफा ४६ बमोजिम फिर्तागरेको मालवस्तु भन्सार काटेको देखिएकाले फिर्ता गरिदिएको कार्यालय प्रमुख झाले बताउनु भयो । प्रमुख झा ले भने “सप्लायर्सले एक गाडीको भन्सारको कागजात लगेर गएको र अर्कोको कार्यालयमै विर्षेर गएपछि यस्तो समस्या आएको हो” ।
भन्सार र सप्लायर्सको मिलेमतो थियो भन्ने कुरा पनि प्रमुख झाको यो अभिव्यक्तिबाट प्रष्ट हुन्छ । आफ्नो बदनाम गराउने उद्देश्यले प्रहरीले समाना समातेको झाले प्रहरी र शशस्त्र प्रहरीलाई आरोप लगाएका छन् ।