संस्कृति संरक्षणका लागि बैतडीमा मेलौली प्रोडक्शनद्धारा देउसी–भैलो

२८ कार्तिक २०८० कविराज सुनार 223

 
 
 
बैतडी– बैतडीमा मेलौली प्रोडक्शनले देउसी भैलो कार्यक्रम सञ्चालन गरेको छ ।
 
संस्कृति संरक्षणका लागि प्रोडक्सनले दिपावलीको अवसरमा देउसी– भैलो कार्यक्रमको आयोजना गरेको हो ।
 
परम्परागत रुपमा खेलिने देउसी–भैलोको संरक्षणका लागि मेलौली नगरपालिका स्थित मेलौली प्रोडक्शनले देउसी –भैलो कार्यक्रमको आयोजना गरेको मेलौली प्रोडक्शनका प्रवन्ध निर्देशक कबिराज सुनारले बताउनुभयो ।
 
पछिल्लो समय मौलीक परम्परा, रितिरिवाजहरु लेप हुँदै गइरहेको बेला प्रोडक्सनले मौलीक संस्कृतिको संरक्षण सम्वर्दनका लागि देउसी–भैलोको आयोजना गरिएको सुनारले बताउनुभयो ।
 
मौलीक कला, संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने भएकाले आफूहरुले देउसी–भैलो कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ ।
 
मेलौली प्रोडक्शनका सदस्यहरुको सहभागितामा बैतडी सदरमुकामसहित देहीमाण्डौं, पाटन, सलेना, मेलौली, सुल्लेखान लगायतका बजारहरुमा देउसी–भैलो खेलिएको मेलौली प्रोडक्शनमा सहभागि सदस्य आशिष दयालले बताउनुभयो ।
 
 
 



जवाफ छाड्नुस्