संस्कृति संरक्षणका लागि बैतडीको रायपुर विद्यालयद्धारा देउसी–भैलो

२८ कार्तिक २०८० संवाददाता 625



बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित रायपुर आधारभुत बिद्यालयले देउसी –भैलो कार्यक्रमको आयोजना गरेको छ ।
 
मौलीक परम्परा, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सो विद्यालयले देउसी–भैलो कार्यक्रम सञ्चालन गरेको हो ।
 
पछिल्लो समय मौलीक कला, संस्कृतिहरु लेप हुँदै गइरहेको भन्दै सो विद्यालयले यस्ता संस्कृतिहरु जेगाइराख्न विद्यालयबाटै देउसी–भैलो कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
 
पुरानो संस्कृति झल्काउने उदेश्यका साथ देउसी–भैलो खेलिरहेको रायपुर आविका प्रअ भरत चन्दले बताउनुभयो ।
 
बर्ष दिनमा आउने तिहारलाई सभ्य÷भव्य तरिकाले मनाउदै संस्कृति सरंक्षणमा टेवा पुगोस् भन्ने उदेश्यका साथ मौलिक देउसी–भैलो खेलेको देउसीमा सहभागि बिरेन्द्र भट्टले बताउनुभयो ।
 



जवाफ छाड्नुस्