भोक प्यास नभनि घाँटि दुख्ने गरि चिच्याएर खेलीने त्यो भैलो...

२८ कार्तिक २०८० संवाददाता 296


 
बैतडी– जब तिहार सुरु हुन्थ्यो । पुराना १/२ किलो को पन्नि (पलास्टिक) थन्क्याएर राखिन्थ्यो । घरको कुन–कप्चाबाट खोजि खोजी इजाबा (आमाबुवा) ले सबै भाइबहिनिहरुलाई दिन्थे । 
 
तिहारको पहिलो दिन भैलो खेल्न हिंडिन्थ्यो । गाउँमा घरहरु पनि टाढा–टाढा हुन्थे । अहिले गाउँमा वस्ति बढे पनि पहिले एक–अर्को घर जान कम्तिमा पनि आधा घण्टा नै लाग्थ्यो । 
 
बिहानै गुड र मकैको रोटि हातमै समाति हिँड्दै खाँदै सबै साथिभाई एक ठाउँमा भेला हुन्थ्यौँ । 
 
सबैको हातमा सेतो प्लास्टिक हुन्थ्यो । कसले कति पाउने भन्ने पनि हुन्थ्यो । सो समयमा ३ किसिमका भैलेरु हुन्थे ।

एउटा सानो बालबालिकाहरुले खेल्ने, अर्को त्यो भन्दा अलि ठुला र तेस्रो सबै भन्दा ठुला १७/१८ वर्ष माथिकाहरुले खेल्ने । ठुला भैलेरुहरुसंग एउटा दुईताने झोला हुन्थ्यो । सबैले एउटै चट्किलो घाम पनि लाग्थ्यो । दिनभर भैली भट्याउँदा घाँटी दुखेको हुन्थ्यो । जिब्रो सुकेको हुन्थ्यो । 

 
वारी डाडाँबाट लामोदुरीमा रहेको पारी डाडाँसम्मै आवाज पुग्ने गरि भैलो भट्याइन्थ्यो । एक घरमा कम्तिमा पनि आधा घण्टासम्म भैलो खेलीन्थ्यो अनि बल्ल अर्को घरमा जानुपथ्र्यो । बाटोभरी भैलो भट्याउने गरिन्थ्यो । चप्पल हुन्थेन, लगाउन राम्रो लुगा हुन्थेन, विना चप्पल नौँ डाडाँ काटिन्थ्यो । खुट्टाका पैताला दुख्थे र पनि रमाइलो हुन्थ्यो । पालै पालो एउटा पनि घर नछोडेर भैली मागिन्थ्यो । 
 
गाउँका सबै साथीभाई भेला भएर भैलो खेल्दा कस्तो रमाइलो हुन्थ्यो । कसैको थैलोमा बढी भैलो परे उसकोबाट चोरीन्थ्यो पनि । झगडा गरेर खोसिन्थ्यो पनि । 
 
दिनभरी भोकै प्यासै थाकेर घरमा आएपछि आमाबुवालाई भैली देखाउनुको अर्थात भैलो दिनुको खुसी पनि बेग्लै हुन्थ्यो । 
 
आहा मेरो छोरो अर्थात छोरीले यत्रो भैलो ल्याएछ भन्दिँदा त बस खुब खुसी भइन्थ्यो फुर्तिलो भइन्थ्यो । 
 
सो समयमा पैँसा दिने चलन नै थिएन् । मादुरो, चामल, पिठो, लगायत जोसंग जे अन्न हुन्थ्यो त्यहि दिने चलन थियो । हुनेले १।२ पैँसा पनि दिन्थे । त्यो त ठुला भैलेरुहरुले मात्रै पाउँथे । 
 
अन्तिम दिन भाइटिकाको । आधा दिनसम्म भैलो खेल्ने । अनि नुहाइधुवाई गरेर दाजुभाइलाई टिका लगाइ मेला हेर्न गइन्थ्यो । आमाले भैलोको माडा (रोटी) पकाउँथिन् । मिठो पनि कति मिठो हुन्थ्यो । 
 
हाम्रो गाउँमा खेलिने भैलोको एक अशंं-
 
आज्जु काज्जु –भैलो
बुढाभैला राज्जु –भैलो
बुढा भैला कि –भैलो
खेलानि चाण –भैलो
खेलहो खेल्ता –भैलो
बाकरो रेल्ता –भैलो
बाकरो कसो –भैलो
सिरखुर मोटो –भैलो
सिग्ंयाउणि छोटो –भैलो
सिंग समैथ्या –भैलो
सिंगै खुसि –भैलो
हाण कि हणहण –भैलो
रग्त कि नन्दि –भैलो
सो नन्दि का गै –भैलो
कालि पार –भैलो
कालि पारका –भैलो
चुईकन्ना दार –भैलो
चुईकन्या दारका –भैलो
घुमरेला तालु –भैलो
तालु ले कि गर्ला –भैलो
दार उगण्ला –भैलो
दार उगड्ना –भैलो
बेरै लागि –भैलो
तालुकुचि खोज्जा –भैलो
बेरै लागि –भैलो
ओणधया खोणधया –भैलो
सकन्या केदार –भैलो
सक्करखोलि –भैलो
पैसाकि जोलि –भैलो
इन इन पैसा –भैलो
अर्या न तर्या –भैलो
पिपलढल्या –भैलो
पिपलपात्ति –भैलो
रया कि छाति –भैलो
रायो जमौन –भैलो
केउरेई खानु भैलो
खानु त खानु –भैलो
जे बाेलो भगवति माता कि जे 
 
सायद यो भैलो धेरैले बुझ्न सक्नुहुन्न होला । यो भैलो हाम्रो  छिमेकी देश भारतको कुमाउँमा पनि खेलीन्छ भने बैतडी–र दार्चुला सिमा नजिकका बस्तीहरुमा यो भैलो खेल्ने चलन छ । 
 
तर पछिल्लो समय यो भैलो हराउँदै गइरहेको छ । नेपालीहरुको महान चाँड दिपावलीमा देउसी भैलो खेल्ने गरिन्छ । तर मौलीक परम्पराहरु अहिले लोप हुँदै गएका छन् भने आधुनिक रुपमा देउसी भैलो खेल्न थालीएको छ । 
 
आफ्नो सुर, ताल, भाषा भेषभुषालाई विर्सदैँ नयाँ प्रविधिसंग देउसी भैलो खेल्ने चलन बढेको छ । 
 
कलाकारहरुले गाएका गितहरुमाको लय र तालमा देउसी भैलो खेल्ने गरिएको छ । यो गलत होइन तर हामीले हाम्रो पुख्र्यौली परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो र जिम्मेवारी पनि हो । 
 
पहिले दुई छाक टार्न भैली खेलीन्थो तर अहिलेको भैली बाटोमै विलाउँछ । घर सम्म पुग्दै पुग्दैन् । पहिले मेरो छोरा-छोरीले यति भैली ल्यायो यति दिन खान पुग्यो भन्ने चर्चा हुन्थ्यो । तर अहिलेका आमाबुवालाई थाहै हुन्न के ल्यायो? कहाँ भैली खेल्न गयो? खेलेको भैलीले के गर्यो?
 
रुर्पैँया र प्रविधिको पहुँचसंगै मौलीक कला संस्कृतिहरु बिर्सिइँदै जानु अर्थात हराउनुमा बडो दुःख लाग्छ ।
 




जवाफ छाड्नुस्