बैतडीमा खसी चोर्ने एक जना पक्राउ
०१ मंसिर २०८०
संवाददाता
491
बैतडी– बैतडीमा खसी चोर्ने एक जना पक्राउ परेका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती बस्ने देवसिंह साउँदको गोठबाट खसी चोर्न खोज्ने सोही वडाको लेट्ठेकोठ बस्ने २२ बर्षीय गोपाल नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार राति ९ बजेतिर साउँदको गोठबाट खसी चोर्न लागेका नाथलाई स्थानीयहरुको सहयोगमा साउँदले नियन्त्रणमा लिएका र पछि प्रहरीलाई खबर गरेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो ।
पक्राउ परेका नाथलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
नाथ यसअघि छिमेकीको सुन चोरेको आरोपमा गत साउनमा समेत पक्राउ परेका थिए । उनलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।