तिहारमा मात्र सवारी दुर्घटनाबाट सुदूरपश्चिममा १७ जनाको मृत्यु

०१ मंसिर २०८० संवाददाता 106


सुदूरपश्चिम– तिहारको समयमा मात्र सवारी दुर्घटनाबाट सुदूरपश्चिममा १७ जनाको मृत्यु भएको छ ।
 
प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार तिहारको समयमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको हो। 
 
कात्तिक १२ देखि ३० गतेसम्म २२ वटा सवारी दुर्घटना भएकोमा १७ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
 
यस्तै ५४ जना घाइते भएका छन्। दसैँको समयमा सुदूरपश्चिममा ९ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो । 
 
प्रदेश ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार दसैँको समयमा ११ जना घाइते भएका थिए । तर, तिहारको समयमा भने दोब्बर बढीको सङ्ख्यामा सवारी दुर्घटनाबाट मानिसको मृत्यु भएको हो । गत वर्षको दसैँ र तिहारमा सुदूरपश्चिममा आठ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
 
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार तिहारको समयमा प्रदेशभर चार हजार एक सय २३ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । प्रदेशमा तिहारको समयमा मात्र २६ लाख ८१ हजार रुपैयाँ जरिबाना बाफत राज्यश्व असुल गरिएको छ । 
 



जवाफ छाड्नुस्