धनगढीको मुख्य बजारमा भिषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षती (फोटोसहित)

०२ मंसिर २०८० संवाददाता 139


 
धनगढी– धनगढी बजारमा भिषण आगलागी भएको छ । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको हो। 
 
विद्युत सर्ट भएर धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ । 
 
सो भवनसंगै रहेको सारथी अस्पतालसहितका पसलमा राति करीब १ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 
विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुल्दीप चन्दले जानकारी दिनुभयो ।



स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) देबेन्द्र पालले बताउनुभयो । 

 
एसपी पालका अनुसार धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । 


 
बताए। आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो ।



आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

 



जवाफ छाड्नुस्