सुदूर तराईमा छठ पर्वको रौनक, धनगढीको मोहना घाटमा सजावट

०२ मंसिर २०८० बिन्दु चन्द 97



धनगढी– तिहार सकिएसंगै छठ पर्वको रौनक छाएको छ । तराईका जिल्लामा छठ पर्वको रौनक छाएको छ ।

धनगढीको मोहना घाटमा पनि छठ पूजाको तयारी पुरा भएको छ । तराई मधेस क्षेत्रमा मनाइने छठ पूजा 
शुक्रबार ’नहायखाय’ विधिबाट सुरु भएसँगै घाट सजावटको काम भइरहेको हो ।


छठ पूजाका व्रतालुहरूले आइतबार अस्ताउँदो सूर्यको पूजा गर्ने छन भने सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्नेछन् ।
 
तराई– मधेस क्षेत्रमा मनाइने छठ पूजा अचेल सुदूरपश्चिमको धनगढीमा मनाउन लागिएको छ । छठ पुजाका लागि सम्पुर्ण तयारी गरिएको छठसेवा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताउनुभयो । 


 
छठ पर्वमा आइतबार रातभर भजनकृतन हुने उहाँले बताउनुभयो । शुक्रबार ’नहायखाय’ विधिबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व छठको शनिबार ’खरना’ विधि गरिएको छ ।

’स्याउ रोटी’ भनिने यो विधिमा व्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र सख्खर हालेर पकाइएको खीर (स्याउ) र पुरी खाने चलन छ ।


 
छठ पूजाका लागि पकाइने रस्याउ र रोटी प्रसादको रुपमा खाने चलन छ । कृष्ण एकादसीबाट घरमा शुद्ध शाकाहारी भोजन गरेर छठ पूजामाको व्रत बस्ने चलन छ । धनगढीमा पनि छठ पूजाका लागि मोहना छठी घाट सजावटको काम भइरहेको धानुकले बताउनुभयो । 


 
भरतमा विहारी समुदाय र नेपालमा मधेसी समुदायले मात्रै छठको पुजा गर्ने भएपनि पछिल्लो समय सुदूरपश्चिममा छठ पूजाका लागि सबै समुदायका व्रतालु सरिक हुन थालेको मोहना छठ पूजा समतिका अध्यक्ष मण्डले बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “अहिले छ्ठ पूजा सबै समुदायले मनाउन थालेका छन्, अहिले सबै समुदायको सहभागिता बढेको छ । ’’
 
सुदूरपश्चिमबासि पनि छठ पर्वमा सरिक हुन थालेको उहाँले बताउनुभयो ।  छठमा पुजामा नेपाल र भारतका एक लाख बढी भक्तजनहरु आउने गरेको बताइएको छ । 
 
छठ पूजा गर्ने व्रतालुले आइतबार दिनभरि निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यको अर्घ दिने र उपासना बस्नुपर्ने हुन्छ  । 
 
छठ पूजाका व्रतालुहरू आइतबार साँझ पोखरी, तलाउ या नदी किनारमा बनाइएको छठी घाटमा पुगेर सूर्यलाई अर्घ दिएर आराधना गर्ने गर्छन् । 
 
तराई–मधेसमा महान पर्वको रुपमा मनाइने छठ पर्व अन्न उत्पादन र कृषि पेशासँग सम्बन्धित पर्व हो । 
 
मोहना नदीमा बनाइएको छठी घाटमा पूजा गर्न छठ सेवा समितिले धनगढीले सजावटको काम गरिरहेको छ । छठ पूजा गर्दा व्रतालुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
 
 



जवाफ छाड्नुस्