विश्वकप क्रिकेट फाइनल : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट
०३ मंसिर २०८०
संवाददाता
51
काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँगको खेलमा भारत दबाबमा देखिएको छ ।
हैदराबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १०० रन नजोड्दै ३ विकेट गुमाएको छ । भारतका कप्तान रोहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए ।
अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन् । कोहली ३४ र राहुल १० रन बनाएर खेलिरहेका छन् । १६ ओभरको खेल सकिँदा भारतले ३ विकेट गुमाएर १०१ रन बनाएको छ ।