सुदूरका अज्ञात विपिनबारे हर्ष कि पिडा? परराष्ट्र मन्त्रालय भन्छ सकुशल फेला, दुतावास भन्छ अझै अज्ञात

०४ मंसिर २०८० संवाददाता 73


 
बैतडी – गत असोज २० गते  किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने सुदूरपश्चिमका एक जना सम्पर्क विहिन छन् । 
 
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी अहिलेसम्म पनि अज्ञात नै छन । उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको अनुमान गरिएको छ ।  
 
तर अज्ञात विपन जोशिबारे सम्पुर्ण नेपालीमा हर्ष कि पिडा बनेको छ । अज्ञात विपिन जोशीबारे परराष्ट्रमन्त्रालयले गुड न्युज भनेको छ । विपिन गाँजामा सकुशल फेला परेको भनेको छ ।
 
प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको Onlinekhabar,com ले लेखेको छ ।
 
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार विपिन गाँजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको भनिएको छ । 
 
तर आज २०८०/०८/०४ गते नै नेपाली दूतावासले विपिन जोशि अझैसम्म पनि अज्ञात नै रहेको विज्ञप्ती निकालेको छ । 
 
सो विज्ञप्तीमा भनिएको छ, ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको (Kibbuiz-Alumim) मा हमासले आक्रमण गरि बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्ये नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् । 
 
तथापी, जोशिको पछिल्ले अवस्थावारे यकिन गर्न नसकिएको, निज हाल सम्म पनि सम्पर्क विहिन नै रहेको र खोजी कार्य रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । 




 
अब नेपारी राजदुतावासको यो विज्ञप्ती र परराष्ट्रमन्त्रालयले गराएको जानकारीमा कतीको सत्यता छ ? यसले पिडामाथी झन पिडा भन्ने कि हर्षमाथी पिडा? 
 
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत  विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।

गत असोज २० गते  किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।

उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको अनुमान गरिएको थियो ।
 




जवाफ छाड्नुस्