बझाङमा भूकम्प
०४ मंसिर २०८०
संवाददाता
52
बझाङ– बझाङ केन्द्र भएर भूकम्प आएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमवार बिहान ११ः३७ मा जिल्लमा केन्द्र भएर ४.५ म्याग्निटियूडको भूकम्प आएको हो ।
भूकम्पको केन्द्र जिल्लाको धमेना क्षेत्रमा रहेको बताइएको छ ।
भूकम्पको धक्का बझाङसहित बैतडी, बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस भएको छ ।
बझाङमा गत असोज महिनामा तलकोट र चैनपुर केन्द्र बिन्दु बनाएर भूकम्प आएका थिए ।