पवनदीप राजन बने ’इन्डियन आइडल १२’ को विजेता

३२ श्रावण २०७८ संवाददाता 663

काठमाण्डौ – सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ’इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् ।

फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो ।

निर्णायकमध्येका एक   विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए ।

 
यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् । त्यस्तै पाँच नम्बरमा निहाल तारो रहिन् । मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता जितबाट एक कदम टाढा रहँदै फर्स्ट रनरअप बनिन् ।
 
पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् । पवनदीपले ’इन्डियन आइडल १२’ को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारे ।
 
फाइनलमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचिया, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली पनि प्रतिस्पर्धीको हौसला बढाउन पुगेका थिए । 
 



जवाफ छाड्नुस्