असोज २१ गतेबाट बाट सिनेमा हल खुल्दै

१२ आश्विन २०७८ संवाददाता 566


काठमाडौं - असोज २१ गतेबाट देशभर सिनेमा हल खुल्ने भएको छ। सिनेमा हल खुलेसँगै नेपाली फिल्म प्रदर्शन मिति तोकिएको समयमा विदेशी फिल्म प्रदर्शन गर्न नपाइने पनि भएको छ। नेपाल चलचित्र संघको बैठकले यस्तो निर्णय गरेको हो।

 
आइतबार बसेको बैठकले संघका महासचिव असोक शर्माको संयोजकत्वमा चलचित्र प्रर्दशन व्यवसायी समिति गठन गर्दै ६ बुँदे निर्णय जारी गरेको थियो। नेपाली चलचित्र क्षेत्रलाई चलायमान गराउन अत्यावश्यक भएकोले पनि यस्तो निर्णय गरिएको बैठकमा जनाइएको छ।
 
दुई साताको अन्तरालमा मात्र दोस्रो फिल्म रिलिज गर्न पाइने बैठकले निर्णय गरेको छ। त्यस्तै बैठकले स्वदेशी र विदेशी चलचित्रको  सेयर बाँडफाँटको हकमा पहिलो साता निर्माता तथा वितरकलाई ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर रकम भुक्तानी गरिने निर्णय गरेको हो। 
 
बैठकले आगामी ३ महिनानाभित्र प्रदर्शन गरिने चलचित्रको प्रदर्शन मिति असोज २० गतेभित्र घोषणा हुनेपर्ने निर्णय गरेको छ।
 
केही समय मात्रै  सरकारले सहुलियत नदिएसम्म नेपाली फिल्म हल सञ्चालकलाई नदिने निर्माता संघले निर्णय गरेको थियो। संघका अध्यक्ष आकाश अधिकारीले ठुलो लगानीमा निर्माण गरीएका फिल्महरु हलमा प्रर्दशन हुँदा जोखिमको जिम्मेवारीबारे अन्यौलता छाएको बताएका थिए। 
 



जवाफ छाड्नुस्