लिप्टिङ सिँचाइको फाइदा : वषौँ बाँझो खेतमा व्यवसायिक आलु खेती

१२ आश्विन २०७८ नरी बडु 942


बैतडी–
माहाकाली नदीबाट लिप्टिङ प्रविधिमार्फत सिचाँई सुविधा पुगेपछि दशरथचन्द नगरपालिका १० तिरखडेनीका किशानहरुले व्यावसायिक रुपमा आलु खेति सुरु गरेका छन् । व्यवसायिक आलु खेति गरि आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्य सहित किशानहरुले चक्लाबन्दी आलुखेती शुरु गरेका हुन् । गएको वर्ष मात्रै रुडेस नामक संस्थाले लिफ्टिङ प्रणाली मार्फत महाकालीको पानी गाउँमा पुर्याएको थियो । 
 
अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाले सहयोग गरिपछि पहिलो पटक आलुखेति गरिएको स्थानीय जयन्ती बुडालले बताउनुभयो । उनले  भन्नुभयो ‘ लिफ्टिङ प्रणाली मार्फत महाकालीको पानी गाउँमा पुगेपछि सिँचाईको सुविधा छ । हामीले गाउँमा आलु लगायत अन्य तरकारी खेती पनि शुरु गरेका छौं । वषौँ बाँझो रहेको जमीनमा तरकारी मात्रै होइन अन्न उत्पादन पनि हुन थालेको छ ।’

 
ट्रोसा परियोजना अन्तर्गत किसानहरुलाई आलुखेतीका लागि रुडस संस्थाले बीउ र प्रविधिमा सहयोग गरेको छ । कृषि ज्ञान केन्द्र बैतडीसंगको सहकार्यमा समेत किसानहरुलाई ४० क्विन्टल आलुको बीउ अनुदानमा वितरण गरिएको रुडेसका कार्यकारी निर्देशक गोबिन्दराज जोशीले बताउनुभयो । 
 
३३ जना किसानले ५३ रोपनीमा आलुखेतीको शुरुवात गरेको जोशीले बताउनुभयो । ४० क्विन्टल आलुको बीउबाट ४ सय ८० क्विन्टल आलु उत्पादनको लक्ष्य लिईएको छ भने यसबाट किसानहरुले २४ लाख आम्दानी गर्ने अनुमान गरिएको छ । जोशीले भने ‘हामीले परियोजना अन्तर्गत धनगढी घोषणापत्र जारी गरेका थियौँ । सोही घोषणापत्र अनुसार सबै सरोकारवालाहरुसंग मिलेर किसानहरुको जिविकोपार्जनमा सुधार ल्याउने काम गरिरहेका छौं ।’

 
आलुखेतीका लागि किसानहरुलाई नियमित रुपमा प्राविधिक सहयोग रुडेसले गर्ने छ । ३ महिनाभित्रै उत्पादन हुने हिसाबले किसानहरुले चक्लाबन्दी आलुखेती शुरुवात गरेका हुन् । 
 
आलुखेतीबाट किसानहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सहयोग पुग्ने स्थानीय जयन्ती चन्दले बताउनुभयो । तिरखडेनीमा सिँचाईको सुविधा पुगेपछि किसानहरुलाई तरकारी खेती गर्न समेत सहज भएको उनले बताउनुभयो । वर्षौ बाँझो जमीनमा पछिल्लो समय सिचाँई सुविधा पुगेपछि यहाँका स्थानीयले तरकारी लगायत विभिन्न खेति गर्न थालेका छन् । लिप्टिङ प्रविधिबाट माहाकालीका पानी आउनुभन्दा पहिले यहाँका खेत बाँझै थिए । 




जवाफ छाड्नुस्