विद्यालय भवन भत्कीएपछि खोलाकिनारमा पढदै विद्यार्थि
०४ पुष २०७८
मोहन चन्द
818
बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिकाको एक विद्यालय पहिरोले भत्काइदिएपछि विद्यार्थिहरु खोलाकिनारमा बसेर पढिरहेका छन् ।
गत असोज अन्तीम साता परेको अविरल वार्षाले पञ्चेश्वर १ मा रहेको गडदेव अधारभुत विद्यालयको भवन भत्काएपछि विद्यार्थिहरु खोलाकिनारमा बसेर पढ्न बाध्य भएका हुन् । विद्यालयको भवन संगै विद्यालयको चउर पनि भत्कीएको छ ।
विद्यालय नजिक खोला रहेको छ । विद्यार्थिहरुलाई वस्ने ठाउँ कतै नभएकाले नजिकैको खोला किनारमा वसालेर पठनपाठनको व्यवस्था गरिएको छ । गाउँपालिकाले विद्यालयलाई त्रिपाल उपलव्ध गराएको छ । अहिले खोलाकिनारमा विद्यार्थि यसै त्रिपाल ओछयाएर वस्ने गर्दछन् ।
विद्यलायमा जम्मा ७ कोठा रहेका थिए । विद्यालय माथिबाट आएको पहिरोले विद्यालयका सात वटै कोठा भत्काइदिएको छ । विद्यार्थि वस्ने ठाउँ नभएकाले विद्यार्थिहरुलाई विद्यालय नजिक रहेको खोला किनारमा बसालेर पढाउन परेको विद्यालयकी प्रधानाध्यापक निर्मला चन्दले बताए ।
‘हिउँदको यस्तो चिसो विहान ढिलो घाम पर्छ पछि चाँडै घाम जान्छ विद्यार्थिहरुलाई चिसो हुन्छ विद्यार्थि विद्यालय आउनै मान्दैनन्’ प्रधानाध्यापक चन्दले भने । गत वर्ष ३ कोठे भवन गाउँपालिकाले निर्माण गरिदिएको थियो भने ४ कोठा पुरानै भएको विद्यालयले जानकारी दिएको छ ।
अहिले विद्यालयमा ७८ जना विद्यार्थि पढ्ने गरेका छन् । खोलाकिनारको खुल्ला चउरमा विद्यार्थिलाई पढाउँदा ह्वाईटवोर्ड राख्ने ठाउँ नभएकाले विद्यार्थिकै कापीमा लेखिदिनु पर्ने विद्यालयका शिक्षकहरुले वताएका छन् ।
यसरी खुल्ला चउरमा विद्यार्थिहरुलाई पढाउँदा विद्यार्थिहरुको पढाईमा वाधापरेको छ । विद्यालय निर्माणको लागि आवस्यक कागजात जुटाएर सम्बन्धीत ठाउँमा पठाएको र गाउँपालिका बाट पनि भवन निर्माणको लागि आवस्यक सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।