बैतडी– जेन–जीका मृतक बैतडीको शिवनाथ गाउँपालिका – २ का दीपक सिहं साउदको परिवारलाई स्थानीय गाउँपालिका शिवनाथले एक लाख आर्थिक सहयोग गरेको छ ।
शुक्रबार बसेको गाउँकार्यपालिको बैठकले मृतक दीपकको परिवारलाई एक लाख दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।
कार्यपालिकाले गरेको आर्थिक सहयोगको निर्णय अनुसार केही दिनभित्रै मृतक दीपकको परिवारलाई नगद सहयोग गरिने गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए । यस अघि १० लाख आर्थिक सहायता, ५ लाख यातायात र किरीया खर्च बाफतको एकमुष्ट १५ लाख सरकारले दीपकको परिवारलाई उपलव्ध गराइ सकेको छ ।
एक बर्षदेखि काठमान्डौंको कृतीपुरमा डेरा गरी कोरीया जाने तयारी गरिरहेका दीपक २४ गते भएको जेन–जी आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा काठमान्डौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।












