दुर्गन्धित मेलौली बजार, मूकदर्शक नगरपालिका

बैतडी- तल्लो स्वराड क्षेत्रको मुख्य व्यापारिक केन्द्र रहेकोे मेलौली बजार फोहरले कुरुप बन्दै गइरहेको छ । पटक पटक फोहोर व्यवस्थापनको लागि कुरा उठने भएपनि नगरपालिकाले भने व्यवस्थापनको कामगर्न सकेको छैन् ।

अहिले बजारमा जतातै फोहर अव्यवस्थित तरिकाले फालिएको भएपनि मेलौली नगरपालिका भने मूखदर्शक बनेर बसिरहेको छ । आर्थिकवर्षको अन्तीम भएकाले अहिले जनप्रतिनिधी बाकी रहेको बजेट कसरी सक्याउने र बैठक गोष्ठीकै भत्ता बुझन व्यस्त छन् । ताकि उनीहरुलाई फोन उठाउने फुर्सद समेत छैन् ।

बजार क्षेत्रमै वसपार्क, नगरपालिकाको कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बिद्यालय बैकं तथा विभिन्न संघसस्थाका कार्यालय र धार्मिक पर्यटकिय मेलौली मन्दिर रहेका छन् ।

बजार र वसपार्कमा सेवाग्राहि, कीनमेलगर्ने, तराई पहाड आउने जानेहरुको भिडभाड हुन्छ भने मन्दिरमा आन्तरिक र बाह्य दर्शनार्थी आउने गर्दछन् ।

बजारीहरुले आफनो पसल अगाडीको उठाएर ल्याएको फोहर पनि बजारछेउकै वसपार्कको किनारमा फाल्ने गरेको छ । यसले गर्दा नजिकै रहेको गाउँका जनता र बसपार्कमा आउने जोकोहिलाई पनि समस्या गरेको छ । बजारमा फालिएको अव्यवस्थित फोहरले किनमेल गर्न आउने र आफुहरुलाई समस्या गरेको बजारीको गुनासो छ ।

बजारमा जताततै फोहर छ नगरपालिकाले ध्यानै नदिने गरेको मेलौली बजारका व्यवसायी चक्र सिह नेगीले बताउनु भयो । उनले भने, “जहा तहीं सिसा तथा फोहोर फालिएको छ । बजार व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाको हो । नगरपालिका जाने बाटोमै फोहोरको थुप्रो छ । नगरपालिका वास्ता नै गर्दैन । हामीलाई दुःख भइरहेको छ ।’’

नगरपालिकाले फोहोर व्यवस्थापनको लागि अहिले सम्म कुनै निर्णय नगरेको र अहिले बजारमा वितरण गर्नको लागि डस्टबिन मगाइरहेको उप प्रमुख पार्वती विष्टले बताउनु भयो । उनले भने “डम्ङिसाइडको खोजी गदैर्छौ पाइरहेका छैनौ’’

डम्ङिसाइडको बाहानामा नगरपालिका पन्छीन खोजिरहेको व्यापारिहहरुको गुनासो छ । बजारबाट कर उठाएर आफनो तलव भत्ता खाने नगारपालिकाका कर्मचारी र जनप्रतिनिधीलाई फोहर व्यवस्थापन गर्नमा ध्यानजानु पर्ने देखिन्छ ।

प्रतिक्रिया छाेड्नुहाेस्