बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय जेनजी समुहले पालिकालाई विभिन्न विवरण माग्दै ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिकाबाट भइगरेका ३४ कार्यक्रमको विवरण माग गर्दै स्थानीय जेनजी समुहले गाउँपालिकाको कार्यालयमा उपस्थित भई ज्ञापनपत्र बुझाएका थिए ।
विषयमा ज्ञापनपत्र भनिएको भए पनि कार्यालयबाट भइगरेका कार्यक्रमहरुको विवरण माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलवहादुर धामीले बताउनु भयो । सूचनामागको फोरमेटमा लेखेर ल्याउनु भन्ने आग्रह गरेको अधिकृत धामीले बताए । उनले भने ‘दिन मिल्ने सूचना दिन्छौ तर प्रक्रियागत ढंगबाट माग गर्नु पर्यो ।’
पालिकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । युवाहरुको समुहनै पालिकाभित्र जान खोज्दा प्रहरीले प्रतिनिधीमात्र गएर बुझाउन भन्दा प्रहरी र युवाहरु विच विवाद भएको थियो । जेनजी समुहले ज्ञापनपत्रमा उल्लेख गरेको माग सात दिनभित्र नदिए आन्दोलन गर्ने बताएका छन् ।












