बैतडी- लैङ्गिक हिंसा व्यवस्थापन समितिको अन्तरपालिका बैठक सम्पन्न भएको छ । जिल्ला समुन्वय समितिको आयोजना तथा सिएमसी नेपाल र युएनएफपीएको आर्थिक सहयोगमा अन्तरपालिका बैठक सम्पन्न भएको हो । बैठकमा ओसिएमसीको प्रगती र अवस्थाका बारेमा समेत समिक्षा गरिएको थियो ।
कार्यक्रमका बारेमा युएनएफपीएका जिल्ला संयोजक खगेन्द्र भट्टले तथ्याङ्क सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए भने जिल्लाप्रहरी कार्यालय, बैतडीका प्रमुख दिपक कुमार रायले लागुऔषधका कारण हुने लैङ्किक हिंसा र दुर्वेशनीले लैंङ्किक हिंसामा पारेको प्रभावका बारेमा जानकारी गराएका थिए ।
जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा जिल्लाका सबै स्थानीय तह र बाहीरी जिल्लाका सेवाग्राही समेत आउने भएपनि गत वर्ष दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाले मात्रै ओसिएमसीका लागि बजेट विनियोजन गरेको युएनएफपीएका जिल्ला संयोजक खगेन्द्र भट्टले बताउनुभयो ।
एकद्वार संकट व्यस्थापन केन्द्रमा गएको वर्षमात्रै २ सय ४२ जनाले सेवा लिएका थिए । जसमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकाका १ सय ५५ जनाले सेवा लिएको ओसिएमसीका मनोसामाजिक परामर्शदाता तारा भट्टले बताउनुभयो ।












