जेन–जी सहिदको सम्झनामा जेन–जी जक्सन चोक घोषणा

बैतडी– बैतडीको सुर्नया गाउँपालिका–४ पालीगडामा स्थानीय युवाहरूले जेन–जी शहिदको सम्झनामा ‘जेन–जी जक्सन’ चोक घोषणा गरेका छन् । युवाहरुले सतबाज–सिरभावर सडकखण्ड अन्तर्गत पर्ने पालीगडा चोकको नाम परिवर्तन गरी ‘जेन–जी जक्सन’ चोक नामकरण गरिएको स्थानीय युवा एवंम जेन–जीका अगुवा विशाल भट्टले बताए ।

स्थानीय युवा प्रकाश साउँदको नेतृत्वमा एक कार्यक्रम गरी गाउँले युवाहरूमा सामाजिक चेतना र इतिहासको सम्मान जगाउने र शहिदको सम्झना र सम्मानमा चोकको नाम बदेलेर ‘जेन–जी जक्सन’ चोक राखेको उनले बताए ।

स्थानीय युवा प्रकाश साउदले सहिदको सम्झना केवल श्रद्धांजलि मात्र नभएर सामाजीक र राष्ट्रिय चेतनाको संदेश पनि भएकाले पुराना सन्देस नदिने चोकको नाम बदेल्नु परेको बताए ।

बैतडीबाट पनि भदो २३ र २४ गतेको परिवर्तनको आन्दोलनमा दुई युवाले आफ्नो ज्यानको आहुती दिएकाले जिल्लाका मुख्य बजार क्षेत्रमा उनीहरुको सम्झना र योग्दानको स्मरण गर्दै उनीहरुको नामका चोक राख्नको लागि पहल गर्नु पर्ने जेन–जीका अगुवा भट्टको माग छ ।

प्रतिक्रिया छाेड्नुहाेस्