बैतडीको मेलौलीमा कपडा बैंकको शाखा सञ्चालन

बैतडी– बैतडीको मेलौलीमा कपडा बैंकको शाखा संचालनमा आएको छ । बैतडी सदरमुकामस्थित शाहिलेकमा सञ्चालित कपडा बैंकले मेलौलीमा शाखा सञ्चालन गरेको बैंकका संयोजक महेश दत्त भट्टले बताउनुभयो ।

कपडा बैंक बैतडीका सयोजक भट्टको अध्यक्षतामा कपडा बैकंको शाखा उदघाटन गरिएको छ ।

“हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर सहयोग गरौँ” भन्ने अभियानका साथ मेलौलीमा कपडा बैंकको शाखा संचालनमा गरिएको हो ।

मेलौलीमा शाखा सञ्चालन भएसगै पहिलो दिन ५ जनालाई कपडा वितरण गरिएको छ ।

कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत गर्ने जनाइएको छ । कपडा बैंकमा कपडा दिएर सहयोग समेत गर्न सकिने छ ।

प्रतिक्रिया छाेड्नुहाेस्