नेपाल तेस्रो टि ट्वान्टी विश्वकप छनौटमा : क्यान अध्यक्ष चन्दले दिए बधाई

बैतडी : खेलको दुई नतिजा आफूअनुकूल आएपछि नेपाल र ओमान मैदानमा उत्रिनु अगाडि नै नेपाल विश्वकपमा पुगेका हो । नेपाल तेस्रो पटक टि ट्वान्टी विश्वकपमा प्रवेश गरेको उपलक्षमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले टिम लागायत सबैलाई बधाई दिएका छन् ।

क्यान अध्यक्ष चन्दले आफनो समाजिक संजाल फेसबुकमा लेख्दै २०२६ को फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुनु पाउनु निकै खुसीको कुरा हो र क्रिकेटका लागि अझ ठुलो अवसर पनि हो । उनले ट्रफि जित्नको लागि शुभकामना संगै तिहार र छठको पनि शुभकामना दिएका छन् ।

नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो ।
सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको हो । नेपालको अब ८ अंक पुगेको छ भने ओमानको ६ अंक छ । नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामाओलाई पराजित गरे प्रतियोगिता नै जित्नेछ ।

नेपालको हकमा यो लगातार दोस्रो र कुल तेस्रो विश्वकप प्रवेश हो । बुधबारको पहिलो २ खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले सामाओलाई ७७ रनले पराजित गरेका थिए ।

प्रतिक्रिया छाेड्नुहाेस्