३० असाेज बैतडी- भूमि समस्या समाधान आयोग पुनःस्थापनाको माग सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । नेकपा एमालेको भातृ संगठन भूमि अधिकार तथा श्रमिक संगठन र किशान महासंघ नेपालले संयुक्त रुपमा बैतडीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

हालै सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारले गरेको उक्त निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको भूमी अधिकार तथा श्रमिक संगठनका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज जगदीशसिंह नायकले बताउनुभयो ।
अव्यवस्थित बसोवासी, भूमीहीन दलित तथा सुकुम्बासीहरुकालाई लालपुर्जा दिने तथा व्यवस्थित बसोवासको दायरामा ल्याउने भन्दै केपी ओली नेतृत्वको सरकारले मूमी समस्या समाधान आयोग गठन गरी प्रत्येक जिल्लामा अध्यक्ष सहितको समिति गठन गरेको थियो । तर उक्त आयोगलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खारेज गर्ने निर्णय गरेको थियो ।
यस्तो छ त्रापनपत्र
















