लागु पदार्थ दुव्यशन वर्तमान समाजकाे समस्या : सरोकारवाला

३० असोज, बैतडी- लागुपदार्थ दुव्यशन वर्तमान समाजको सामाजिक समस्यामा रुपमा देखा परेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको लागु पदार्थ दुव्यशन सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले लागु पदार्थ दुव्यशन वर्तमान समानको समस्या बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागी सरोकारवालाहरुले लागु पदार्थ दुव्यशन नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित मेडिकल व्यवसायी जगदीश प्रशाद लेखकले लागुपदार्थ दुव्यशन नियन्त्रण तथा रोकथाममा सहयोग गर्दै बैतडीका मेडिकल व्यवसायीहरुले डाक्टरको सिफारिस अनुसार मात्रै औषघी बेच्ने र संका लागेको व्यक्तिलाई औषधी नदिने गरिरहेको बताउनुभायो । सामाजिक समस्याका रुपमा रहेको लागु पदार्थको प्रयोग तथा विक्रि वितरणलाई निस्तेज पार्नुपर्ने उहाँको भनाई थियो ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक रायले लागु पदार्थ दुव्यशन, यसबाट हुने समस्या तथा कानूनी अवस्थाको बारेमा जानकारी गराएका थिए । साथै उनले बैतडी जिल्लामा लागु पदार्थ दुव्यशनको अवस्था र नियन्त्रणका प्रयासहरुका बारेमा समेत जानकारी गराएका थिए । प्रहरी नायब उपरिक्षक रायका अनुसार बैतडीमा मात्रै गएको तीन वर्षमा २९ जना लागु औषधका प्रयोगकर्ता तथा विक्रेताहरुलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइसकेको छ । लागु औषध रोकथाम र नियन्त्रणका लागि बैतडी प्रहरी शुन्य सहनशीलताको नीतिका साथ अघी बढ्ने उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशील विकले लागु पदार्थ दुव्यशनका कारण हुने शारीरिक मानसिक तथा अन्य समस्याका बारेमा जानकारी गराएका थिए । अधिक डोज तथा डाक्टरको सल्लाह बिनाको औषधीले समेत लागु पदार्थको रुप लिने भएकाले यसतर्फ सचेत हुन सबैमा आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले लागु पदार्थ दुव्यशन रोकथाम तथा नियन्त्रणका लागि नागरिक, प्रहरी र सरोकारवाला निकायहरुको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा युवा, विद्यार्थी, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि एवं सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्