ग्यास सिलिण्डर लिक भएर हुने आगलागी रोक्न सिकाउदै सशस्त्र प्रहरी

३० असोज, बैतडी- बैतडीस्थित सशस्त्र प्रहरी बल नेपालको ५१ नम्बर गुल्मले ग्याँस सिलिण्डर लिक भएर हुने आगलागी नियन्त्रण गर्न सिकाइरहेको छ । गुल्मको विज्ञ टोलीले जिल्लाका सर्वाजनिक स्थानहरुमा गएर नागरिकहरुलाई यसबारेमा सचेत गरिरहेको हो । अहिलेको समयमा दुर्गम जिल्ला तथा ग्रामिण क्षेत्रहरुमा समेत खाना पकाउने एलपी ग्यासको प्रयोग बढ्दै गएको छ । ग्याँस लिक भएर भएका आगलागीने थुप्रै घटना समेत हुने कुरालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सचेतना अभियान चलाइरहेको हो ।

सशस्त प्रहरी बल ५१ नम्बर गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक जंगबहादुर कुँवरले बताउनुभयो । जिल्ला विपद व्यवसथपन संगको समुन्वयमा सशस्त्र प्रहरीको तालिमप्राप्त टोलिले उक्त कुरा सिकाइरहेको उहाँले बताउनुभयो । यस संगै सशस्त्र प्रहरीले आम नागरिकलाई सबैप्रकारका विपद तथा प्रकोपहरुको बारेमा समेत सचेत गर्ने गरेको छ ।

बुधबार मात्र जिल्ला प्रशासन कार्यालय अगाडीको गढी चोकमा आगलागी नियन्त्रणको अभ्यास गरिएको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्