घर आउदै छु भनेर फोन गरेका दलबीर दिल्लीबाट सम्पर्क विहीन

बैतडी : तिहारको लागि घर आउ“दै छु भनेर घरमा फोन गरेका बैतडीका दलबीर धामी दश दिन देखी बेपत्ता भएका छन । सिगास गाउ“पालिका –३ बैतडीका ३० बर्षीय दलबीर पा“च महिना पहिले भारतको दिल्लीमा नोकरीका लागि गएका थिए ।

असोज २३ गते घरमा घरमा श्रीमतीलाई फोन गरी तिहारको लागि घर आउने बताएका उनी त्यसयता सम्पर्कमा छैनन् । संगैका साथीहरुलाई पनि घर जाने बताएका दलबीर त्यसपछि फोननै अफ गरेर सम्पर्क विहिन भएका दलबीरका भाई खगेन्द्र सिह धामीले बताउनु भयो ।

नियमीत परिवार र साथीभाइको सम्पर्कमा रहने दलबीर एक्कासी घर आउने बेला सम्पर्क विहीन भएपछि परिवारले खोजीकार्यको लागि भारतमा रहेका सबैलाई सम्पर्क गर्दा पनि कसैको सम्पर्कमा नरहेको भाइ खगेन्द्रले बताए छन् । कैसैले फेला पारेमा ९८६८७३७६९८ मा सम्पर्कको लागि अनुरोध समेत गरेका छन् ।

दलबीरका घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । तिहारको बेला घर आउन लागेका दलबीर एक्कासी सम्पर्क विहीन भएपछि घर परिवार र आफन्त निराश भएका छन्

प्रतिक्रिया छाेड्नुहाेस्