दार्चुलामा जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रवार बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले बताए।

जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ। जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्