दार्चुलामा थुनाबाट भागेका थुनुवालाई पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु

दार्चुला– जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनाबाटै भागेका एक जना थुनुवालाई पत्राउ गर्न खोज्दा एक प्रहरी जवानको मृत्यु भएको छ ।
सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट एक जना थुनुवा भागेर भारततिर पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय पछाडिको भागबाट हाम फालेर महाकालीमा पौडी खेलेर ती थुनुवा भारततिर पुगेका थिए । त्यस क्रममा महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नेपालबाट भागेर गएका व्यक्तिलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ ।

थुनाबाट भाग्नेमा महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर रहेको बुझिएको छ। कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवानसमेत भिरमा खसेर घाइते भएका थिए ।

तर भिरबाट खसेर गम्भिर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । थुनुवा भाग्ने क्रममा उनलाई पक्रन खोज्दा भिरबाट लडेर प्रहरी जवान चौधरी गम्भीर घाइते भएका थिए । तर केहि समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्