लागुऔषधसहित बैतडीका एक जना पक्राउ

कैलाली– कैलालीको गोदावरीबाट लागुऔषधसहित बैतडीका एक युवक पक्राउ परेका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका–२ का ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

गोदावरी नगरपालिका–२ तेघरीबाट १ सय १० मिलिग्राम लागूऔषध सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया छाेड्नुहाेस्