बैतडी- शहरतिर दसैँको चहलपहल भएपनि बैतडीको ग्रामिण क्षेत्रका किसानहरुलाई भने यतिबेला दशैभन्दापनि धान भित्र्याउने चटारो छ । असोज महिनामा भएको लगातारको वर्षाले यहाँका किशानहरुलाई धान भित्र्याउन यस पटक कार्तिक सम्म कुर्नुपरेको हो । चाडपर्वको समयमा यहाँका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ छ । लगातारको वर्षाले यस पटकको धान बालीमा क्षति पुगेको स्थानीय किशान प्रमानन्द बडूले बतउानुभयो । उहाँका अनुसार वर्षाले धान भित्र्याउने समय समेत कार्तिक सम्म पुगेको छ ।


धानसंगै बैतडीका किशानहरुलाई हिउदभरिका लागि खर भित्र्याउने तथा गहुँ छर्नका लागि खेत तयार पार्ने समय समेत एकैपटक गर्नुपरेकाले दशैको उल्लास यस पटक अन्य वर्षको तुलनामा कम छ । अझैसम्म पनि यहाँका अधिकासं ठाउँहरुमा सिँचाई अभावका कारण आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ ।








