बैतडी- दलित तथा पछि पारिएका समुदायको उत्थानका लागि विगत २० वर्षदेखि क्रियाशील संस्था दलित समाज विकास मञ्च बैतडीको २१ औँ वर्षगाँठ विभिन्न कार्यक्रमको आयोजना गरि पहिलो पटक मनाइएको छ । वर्षगाँठको अवसरमा संस्थाले जिल्ला अस्पतालका बिरामीहरुलाई फलफु वितरण, एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) लाई लत्ताकपडा र अन्य अवश्यक सामग्री हस्तान्त्रण, आगलागी पीडित व्यक्तिलाई दैनिक उपभोग्य समाग्री वितरण लगायत अन्र्तक्रिया गरी मनाएको छ ।

दिवसको अवसरमा जिल्ला अस्पतालका २१ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको संस्थाका अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो ‘विषेश गरी दलित, विपन्न र पछाडी पारिएका व्यक्तिहरुको जगका स्थापना भएको संस्थाले अनेकौँ संघर्ष गर्दै यहाँ सम्म आएको छ । अझै हामी समाजिक कार्यमा क्रियाशील हुने छौँ ।’

दलित समाज बिकास मंच बैतडीको सभाहलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायत सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यलयका प्रतिनिधि पत्रकार लगायत समाजिक अभियान्ताहरुको उपस्थिती रहेको थियो ।

विगतमा संस्थाले गरेको विभिन्न सामाजिक कामको स्मरण गर्दै संस्थाका सचिव बलभद्र दयालले आगामी दिनमा पनि संस्थाले पछाडी पारिएका वर्ग तथा समुदायहरुको उत्थानका लागि भुमिका खेल्ने बताउनुभयो ।








