बैतडी – ४० वर्षीया महिलालाई ०८१ साउन १९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डिलाशैनी गाउँपालिका- १ स्थित भवानीश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द खडायतलाई साउन २१ गते गिरफ्तार गरेको छ ।
पीडितले दिएको जाहेरीका आधारमा आरोपित खडायतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बलराम पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पीडितको स्वास्थ्य परिक्षण साउन २१ गते जिल्ला अस्पतालमा भयो ।
जिल्ला अदालत बैतडीबाट सात दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पाण्डेयले बताउनुभयो ।








