कोटीहोम यज्ञको व्यासमा आचार्य दमाई आसिन

बैतडी- एक महिनादेखि जारी पशुपतिनाथ मन्दिरमा आयोजित कोटी होम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासमा आसिन भएर प्रवचन दिएका छन् । उनले आज व्यासबाट सम्बोधन गर्दै आफ्नो संघर्ष र सनतन हिन्दु धर्मको बारेमा प्रवचन दिएका हुन् ।

पहिलो पटक कोटीहोम महायज्ञमा दलित समुदायका पण्डित व्यासमा पुगेका हुन्। हिजो उनलाई महायज्ञस्थलमा निम्त्याएर स्वागत र सम्मान गरिएको थियो।

उनलाई स्वयंसेवकले दुबोको माला लगाइदिएका थिए भने महायज्ञका आयोजक विजय कृष्णमूर्तिले दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए। आज उनलाई व्यासमा राखेर थप सम्मान गरियो हो।

‘जन्मँदै कोही पनि ब्राह्मण हुँदैन। जसले भागवत अध्ययन गर्छ, सत्कर्म गर्छ, त्यही ब्राह्मण हो,’ उद्घोषकले भनेका छन्। बैतडी घर भएका दमाईले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गरेका छन्।

यसअघि उनले कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तिर्ण गरेका थिए। उनी दलित समुदायका पहिलो आचार्य हुन्।

प्रतिक्रिया छाेड्नुहाेस्