पढेकै विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी

बैतडी : पन्चेस्वर ३ मा रहेको कुलाउ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सोही विद्यालयमा अध्ययन गरेका धनबिर सार्कीले समहालेका छन ।

समान्य परिवारमा जन्मेका सार्कीले सोही विद्यालयबाट २०६३ सालमा कक्षा दश पास र २०६६ सालमा १२ पास गरेका थिए । प्रधानाध्यापक सार्की पन्चेस्वर 1 का स्थानीय पनि हुन ।

उनले शिक्षक सेवा आयोगबाट  २०७२ निमाबी र २०७३ मा माबी तह पास गरेका थिए । २०७४ सालदेखी कुलाउ माध्यमिक विद्यालयमा समाजिक बिषय अध्यापन गराइ रहेका सार्कीलाई अहिले विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पनि दिएको छ ।

उनलाई पढाएका धेरै जसो शिक्षकहरु पनि सोही विद्यालयमा कार्यरत छन । आफुलाइ पढाएका गुरुहरु सङ्गै अध्यापन र नेतृत्व गर्दा यस क्षेत्रका विद्यार्थीका प्रेरणाका स्रोत पनि प्रधानाध्यापक सार्की बनेका छन ।

अभिभावकहरुले आफुलाइ दिएको जिम्मेवारी पुर्णरुपमा बहन गर्नुका साथै अगामिदिनमा विद्यालयलाइ नमुना बिद्यालय बनाउनुमा लागिपर्ने प्रधानाध्यापक धनबिर सार्कीले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्