पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।

आइतवार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेसनबाट आइतवार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया छाेड्नुहाेस्