बलात्कारमा फसाइदिने भन्दै ३० लाख असुल्ने इन्स्पेक्टर बिनुको जिम्मेवारी खोसीयो

काठमाडौं– ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेपछि छानबिन थालिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो । घटनाको छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको प्रहरी स्रोतले बतायो ।

ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ ।

छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाएर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

स्रोतका अनुसार हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै शाहीले युवतीसँग मिलेर ३० लाख पैसा लिएको पाइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्