जातीय विभेद र लैङ्गिक हिंसा न्युनिकरणका लागि सिडियोलाई ज्ञापन पत्र

बैतडी- जातीय विभेद र लैङ्गिक हिंसा न्युनिकरणका लागि दलित समाज विकास मञ्च बैतडीको अगुवाइमा जिल्ला स्थित अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बझाएका छन ।

शुक्रवार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै गएर अधिकारकर्मीहरुले ज्ञापन पत्र बझाएको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताउनुभयो । ज्ञापन पत्र मार्फत अधिकारकर्मीहरुले पञ्चेश्वरमा बालिका बेपत्ता घटनाको निष्पक्ष छानबिन, जिल्लामा हुने लैङ्गिक हिंसाका घटनामा संलग्न व्यक्तिहरुmलाई कडा कावाही, अपत्यक्षरुपमा स्थानीय मठ मन्दिरहरुमा बढ्दै गइरहेको जातिय विभेद न्युनिकरण तथा मुक्त हलियाहरुको न्यायिक पुर्नस्थापना लगाएतका विषयमा ध्यानाकर्षण गराएका हुन ।

स्थानीय मठ मन्दिरहरुमा अझैसम्म पनि दलीत समुदायका व्यक्तिहरुमाथी अप्रत्यक्ष विभेद कायम रहेको तथा अपमानजनक व्यवहारहरु हुने गरेको अधिकारकर्मि कर्ण दयालले बताउनुभयो ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले उल्लेखित मागहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । जिल्लामा छुटमुक्त हलियाहरुको न्यायिक पुर्नस्थापनाका लागि पालिकाहरुसंग सहकार्य गरेर समस्या समाधानका लागि पहल गर्ने प्रजिअ शर्माको भनाई थियो ।

यस्तो छ ज्ञापन पत्र

प्रतिक्रिया छाेड्नुहाेस्