बैतडी । १५ जेठ- बैतडी प्रहरीले अवैध ११ पेटी बिडी सहित गयराती बाेलेराे जीप, चालक र गाडीधनीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीबाट खटिएको सादा पोसाकको प्रहरी र पुर्चौडी प्रहरी चाैकीको संयुक्त टोलीले पुचौँडी नगरपालिका- १० बिजयपुरबाट पुचौँडी–१ हाट स्थित बसपार्क जादै गरेको सुपप्र ०१००१ ज १७१३ नम्बरको बोलेरो जीप सहित चालक र गाडी धनीलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बल्देब बडुले बताउनुभयो ।
उहाँका अनुसार गाडी चालक सिगास गाउँपालिका- २ का २२ वर्षीय मानसिंह धामी र पुचौँडी नगरपालिका- १० बिजयपुरका गाडीधनी २८ वर्षीय दिनेश महरालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । गाडीमा रहेको ११ पेटी बिडी समेत प्रहरीले बरामद गरि गाडी सहित माहाकाली भन्सार बुझाउने कार्य भइरहेको बडुले बताउनुभयो ।
आज बिदाको दिन भएर भोलिमात्रै माहाकाली भन्सारमा बुझाइने उहाँको भनाई छ । बिडी कहाँबाट पुचौँडी पुग्यो भन्ने बारेमा भने अनुसन्धान भइरहेको छ । बैतडी प्रहरीले गाडीधनी, चालक र गाडी सहित बिडी समातेको यो पहिलो घटना हो ।








